परशुराम नगरपालीका ५ परिगाउ डडेल्धुरा
bhuwanesworischool@gmail.com
९८४८७८७३६६ / ९८६५७७४७९१

हाम्रो बारेमा

विद्यालयको परिचय

वि.सं. २०२४ सालदेखि विभिन्न जिल्लाबाट बसाइसराइ गरी मानिसहरु परिगाउँमा बसोबास गर्न थाले । थोरै मात्र संख्यामा जनसंख्या एवं घरपरिवार रहेको यस ठाँउमा कहिं कतै कुनै पनि विद्यालय थिएनन्् । बसाइ सरी आउनेको संख्या क्रमशः बढ््दै जाने क्रममा आफ््ना बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट वञ्चित भइरहेको अवस्थामा त्यतिबेलाका बुढापाका, शिक्षाप्रेमी, समाजसेवीलाई महसुस भयो र सर–सल्लाह, बैठक मिटिब गरी शिक्षाप्रेमी एवं अभिभावक स्व. लक्ष्मण बहादुर शाहीको अध्यक्षतामा विद्यालय सञ्चालन समिति (सेक्रेटरी) गठन गरी वि.सं. २०३० साल मंसीर ४ गते प्राथमिक विद्यालयका रुपमा यस श्री भुवनेश्वरी नमूना माध्यमिक विद्यालयको विधिवत स्थापना भएको हो । विद्यालय स्थापनाको समयमा परिगाउँको घरधुरी संख्या ७०, जनसंख्या ४३० तथा विद्यालय उमेरका बालबालिका संख्या ४५ रहेको व्यहोरा विद्यालयका तत्कालीन अभिलेखहरू अध्ययनबाट थाहा पाइन्छ ।

विद्याकी देवी सरस्वतीको बाह्रौ नाम भुवनेश्वरीका नामबाट नामकरण गरिएको यस विद्यालयलाई वि.सं. २०३२/११/०३ गते जिल्ला शिक्षा कार्यालय डडेल्धुराबाट प्रा.वि. तहको स्वीकृति प्राप्त भयो ।

शिक्षाको स्तर बढ््दै जाने क्रममा यहाँका अभिभावकहरुले उ.मा.तहको पठनपाठनका लागि पूर्वाधार निर्माण गर्नतिर अग्रसर रहे । यसका लागि प्रत्येक महिनामा एक दिन उपवास (भोकै) बसेर आफ््नो घरपरिवारको एक छाकको सम्पूर्ण खाद्य सामग्री विद्यालयलाई दिने कार्यक्रम गरे । वि.सं. २०६६०३११ मा विद्यालयले उ.मा.शि.प. बाट सम्वन्धन लिई हाल यस विद्यालयमा कक्षा १२ सम्म पठनपाठन भइरहके ो छ । कक्षा १११२ मा शिक्षा र बाणिज्य संकायकोपठनपाठन भइरहके ोछ । विद्यालयकोसमग्र हित, उन्नति प्रगतिका लागि विद्यालयका शिक्षाप्रेमी अभिभावक, शिक्षक–कर्मचारी, स्थानीय सामुदायिक वन लगायतका संघसंस्थाहरु सबै आ–आफ््नो क्षेत्रबाट प्रतिबद्ध रहेका छन्् ।

Read More

सांस्कृतिक परम्परा

परिगाउँमा बसोबास गर्ने मानिसहरुको मौलिक किसिमको संस्कृति रहेको छ । दंशै, तिहार, गौरा, तिज, पञ्चमी, होली जस्ता राष्ट्रिय चाडपर्वहरु धुमधामसँग मनाउने सांस्कृतिक परम्पराका साथै स्थानिय रुपमा मनाइने अनन्ते पर्व, पुतला समेतलाई मनाउने चलन छ । विभिन्न किसिमका वर्त उपवास गर्ने, देवीदेवतामा भाकल गर्ने, कुनै समस्या आईपर्दा धामी, झाक्री, ज्योतिषलाई सोध्ने चलन पनि विद्यमान छ ।

धार्मिक विविधता

धार्मिक दृष्टिकोणले हेर्दा यस गाउँमा बस्ने मानिसहरु हिन्दु धर्मावलम्बी छन्् । हिन्दुसंस्कार अनुसारका क्रियाकलापहरु गर्दछन्् । आ–आफ््नो कुल देवताको पूजाआजा गर्नुका साथै स्थानीय देवी देवताको पूजाआजा पनि गर्ने सामूहिक भावना छ । भागेश्वर, परशुराम, ऐडिवान, बहादुरे, कलपट्टे, सिद्धनाथ, समैजी, रेणुका आदि यहाँ पूजा गरिन्छन्् । मकर संक्रान्ति (माघी) का दिन परशुराम धाममा लाग्ने धार्मिक मेला सूदुरपश्चिमकै ऐतिहासिक मेला हो ।

सामाजिक स्तर

यस क्षेत्रका मानिसहरुको सामाजिक स्तर सामान्य खालको छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो । कृषि उत्पादनका दृष्टिले परिगाउँ डडेल्धुरा जिल्लाकै प्रमुख ठाउँ हो । डडेल्धुराको सबैभन्दा ठूलो नहर योजना परिगाउँमै छ । कृषिका अतिरिक्त यहाँका मानिसहरु व्यापार, व्यवसाय, नोकरी तथा वैदेशिक रोजगारीका क्षेत्रमा पनि छन्् । यहाँका मानिसहरु शिक्षाप्रेमी हुँदाहुदै पनि सबैले शैक्षिक योग्यतामा उच्चता कायम गर्न सकिरहेका छैनन्् । अधिक जनसंख्या चापको कारण एउटै गाउँमा १ मा.वि. , २ नि.मा.वि. तथा ३ वटा प्रा.वि छन्् र साक्षरता दर उच्च छ । दाब संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परशुराम संस्कृत महाविद्यालय पनि यसै गाउँमा रहेको छ । यस्तै अन्य संघ संस्थाहरुमा प्रहरी चौकी, स्वास्थ्यचौकी, अतिरिक्त हुलाक, नगरपालिका वडा कार्यालय गाउँमा रहके ा छन्् ।

सेवा क्षेत्रको परिभाषा

श्री परशुराम संस्कृत महाविद्यालयबाट करिब २ कि.मि. उत्तर, श्री भुमिराज नि.मा.वि. परिगाउँबाट २.५ कि.मि. पश्चिम परिगाउँको बीचमा अवस्थित यस विद्यालयको सेवा क्षेत्र यति नै हो भनी किटान गर्न गाह्रो छ । किनकि विद्यालय रहेको गाउँका अतिरिक्त सिमलखेत, सिमल्टा, रुपाल लगायतका गाउँ क्षेत्रबाट समेत उल्लेख्य संख्यामा विद्यार्थीहरु यस विद्यालयमा पढ््न आउछन । तथापि परिगाउँको ठकुरीटोल, विशालपुर, लामीखाली नाथटोल, थ्वालटोल, भट्टराईटोल, संगमटोल, टाउन, बालुवाटार लगायतका बस्ती पर्दछन्् । यस विद्यालयको सेवा क्षेत्र भित्र सुदुरपश्चिम नेपालकै बहुचर्चित धार्मिक स्थल परशुराम धाम, परशरुाम होमकुण्ड, परिदह, महाकाली नदी किनारा अवस्थित चुनढिस्का, वब््घाट(आर्यघाट) खुदाकोट लगायतका स्थानहरु आकर्षणका केन्द्र हुन्् ।

विद्यालय रहेको समुदायको बनोट तथा विद्यालय सेवा क्षेत्र

5,158 परिगाउँ
245 सिमलखेत
145 सिमल्टा
54 आसुरानी

अभिबाबक प्रतिक्रिया